खाेज्नुहाेस

आज विश्व क्षयरोग दिवस मनाइँदै

Image
अत्तरिया – आज विश्व क्षयरोग दिवस मनाइँदै छ । क्षयरोग दिवस हरेक वर्ष मार्च २४ का दिन मनाउने गरिन्छ ।  क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भए पनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक जटिल समस्या हो ।
attariya hospital
क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, थुक्दा यसका जीवाणुहरू निस्कन्छन् र हावाको माध्यमबाट अरू निरोगी व्यक्तिहरूमा समेत सर्ने गर्दछन् । क्षयरोगका जीवाणुले शरीरको फोक्सोमा बढी असर गर्दछ तर जीवाणुले शरीरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।
navjiwan hospital
maya metro hospital
यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुका साथै तौल पनि कम हुँदै जाने लक्षण देखा पर्दछन् । समयमै रोगको पहिचान हुन सकेमा औषधी सेवनबाट यो रोग निको चिकित्सकहरूको भनाइ छ ।
Karma Consultancy
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र हाल नेपालमा ४० हजार सात सय ७६ जना क्षयरोगी बिरामी उपचाररत रहेका छन् । नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्याङ्क छ । क्षयरोगी बिरामीहरूमा पुरुषको सङ्ख्या ६१ प्रतिशत तथा महिलाको सङ्ख्या ३९ प्रतिशत रहेको छ । पछिल्लो समय १४ वर्षमुनिका बालबालिकाहरूमा समेत क्षयरोगको सङ्क्रमण बढ्दै गएको छ ।