नाला व्यवस्थापनमा बेवास्ताः कहिलेसम्म ?

अत्तरिया बजार जुन पूर्व–पश्चिम राजमार्ग र भीमदत्त राजमार्गको सङ्गमस्थल हो । त्यहाँका सडक नाला अस्तव्यस्त अवस्थामा छन् । वर्षौँदेखि फुटेका नालाका ढक्कनहरू पुनः निर्माण नहुँदा, कतै घाँस उम्रिएर भरिएका छन् भने कतै फोहोरले थुप्रिएको छ । सफाइको अभावमा दुर्गन्धित वातावरण सिर्जना हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ ।

Karma Consultancy

स्थानीय सरकारको लापरबाहीको कारण अत्तरिया क्षेत्रका नालाहरू सुधार हुन सकेका छैनन् । पहाड रोड, पूर्व रोड, र महेन्द्रनगर रोडका नालामा घाँस उम्रिनु र फोहोर जम्नु नगरपालिकाको गैरजिम्मेवारीपन देखाउन्छ । बजार क्षेत्रभित्रै ढक्कनबिनाका नाला छोड्नुले नगरपालिकाको जनस्वास्थ्यप्रति ध्यान नपुगेको देखिन्छ । यसले स्थानीय व्यवसायी र सर्वसाधारणलाई निकै सास्ती व्यहोर्न बाध्य बनाएको छ । वर्षा याममा पानी जम्ने समस्या झन् विकराल बन्छ, जसका कारण सडकहरू कुरूप देखिनुका साथै आवागमनमा असहजता उत्पन्न हुन्छ ।

citizen security services

यसबारे स्थानीय सरकार संघीय सरकारलाई दोष दिँदै पन्छिने गरेको छ भने संघीय सरकारले बजेट अभावको बहाना बनाउँदै समस्या समाधानमा कुनै चासो देखाएको छैन । अत्तरिया जस्तो महत्वपूर्ण व्यापारिक केन्द्रमा आधारभूत सरसफाइमा समेत बेवास्ता गरिनु अत्यन्तै दुःखद पक्ष हो । सरकारका प्रमुख योजना तथा विकास नीतिहरूमा यस्ता आधारभूत पूर्वाधार सुधार प्राथमिकतामा पर्नुपर्छ ।

attariya hospital

समाधानका लागि तत्काल नालाहरू सफा गरिनुपर्छ, फुटेका नालाका ढक्कनहरू प्रतिस्थापन गरिनुपर्छ र, दीर्घकालीन रूपमा प्रभावकारी ढल व्यवस्थापन योजना बनाइनुपर्छ । त्यसैले स्थानीय सरकार, संघीय सरकार तथा सरोकारवाला निकायहरू बीच समन्वय गरी यस समस्या समाधान गर्न ढिला गर्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.