अत्तरिया – न्यु सृजनशील युवा क्लब (सिवाइसी) को आयोजनामा सञ्चालित सिवाईसी स्पोर्ट्स लिगका सकिएको छ । शनिवार सम्पन्न भएको सिवाईसी स्पोर्ट्स लिगको अन्तिम खेल फुटबल प्रतियोगिताको उपाधि सिवाईसी बुढीतोला जिरो पोइन्टले हात पारेको छ।
फाल्गुन १९ गते देखि सञ्चालन भएको मैत्रीपूर्ण खेलहरू अन्तरगत क्रिकेट प्रतियोगिताको उपाधि सिवाईसी हाटखोली गाजरीले जितेको थियो भने भने भलिबल प्रतियोगिताको उपाधि सिवाईसी लामीतालले जितेको थियो ।

प्रतियोगिताका विजेता टिमलाई गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगिता गोदावरी नगरपालिकाका पर्यटकीय क्षेत्रहरूलाई चिनाउने गरी टिमको नामकरण गरी आयोजना गरिएको थियो ।
प्रतियोगितामा गोदावरी धाम, सिवाईसी हाटखोली गाजरी, सिवाईसी दोगडे फुलबस्ती, सिवाईसी लामिताल, सिवाईसी भल्का धाम, सिवाईसी बुढीतोला जिरो पोइन्ट, सिवाईसी नायल ताल, सिवाईसी मछेली खोला टिमको सहभागिता रहेको थियो ।


















