खाेज्नुहाेस

आर्थिक संकटमा बयालपाटा अस्पताल

Image

अछाम – अछामको बयालपाटा अस्पताल आर्थिक संकटमा परेको छ। विदेशी दाताको सहयोग घटेसँगै अस्पतालको सेवा निरन्तरता जोखिममा परेको हो। सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रका बिरामीलाई निःशुल्क विशेषज्ञ सेवा दिने यो अस्पतालले आवश्यक औषधि, ल्याब सामग्री तथा जनशक्ति अभावको सामना गरिरहेको जनाएको छ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा ७ करोड बजेट विनियोजन गरे पनि अस्पताल सञ्चालनका लागि वार्षिक २२ करोड आवश्यक पर्ने बताइएको छ। प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काका अनुसार सरकार अस्पतालको दीर्घकालीन समाधान खोज्न कार्यदल बनाएर छलफल गरिरहेको छ।

attariya hospital

स्थानीय तहबाट केही आर्थिक सहयोग प्राप्त भए पनि अस्पताल सञ्चालनमा समस्या आइरहेको छ। अस्पतालका मेडिकल निर्देशक डा। मन्दीप पाठकका अनुसार ग्रामीण भेगका गरिब बिरामीलाई प्राथमिकता दिइएको छ। यहाँ ७ जना चिकित्सक कार्यरत छन्, जसमा पाठक हाडजोर्नी विशेषज्ञ हुन्।

बयालपाटा अस्पताल सन् २००८ मा न्याय हेल्थ नेपाल र अमेरिकास्थित पोसिबल संस्थाको सहयोगमा स्थापना भएको थियो। २०७८र७९ सम्म ११ लाख ५२ हजार बिरामीलाई सेवा दिएको अस्पताल आर्थिक संकटका कारण जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएको छ।