खाेज्नुहाेस

होली खेल्दा ध्यान दिनुपर्ने कुराहरु

Image

होली एक रंगीन उत्सव हो, जसले खुशी, माया, र एकताको सन्देश फैलाउँछ। नेपालमा होलीलाई वसन्त ऋतुको स्वागत गर्ने पर्वका रूपमा मनाइन्छ। यस दिन मानिसहरु एकआपसमा विभिन्न रंग लगाएर उत्साह र सद्भावको आदानप्रदान गर्छन्। तर, यो पर्वलाई सुरक्षित र स्वस्थ तरिकाले मनाउन केही महत्वपूर्ण कुरामा ध्यान दिन आवश्यक छ।

होली खेल्दा हुने छालामा असर

attariya hospital

विगतमा मानिसहरूले प्राकृतिक रंगहरू जस्तै गुलाबका पात, सयपत्री, बेसार, दुवो, र मेहन्दीबाट रंग बनाएर होली खेल्ने गर्थे। अहिले, बजारमा उपलब्ध रसायनयुक्त रंगहरूले छालामा नराम्रो असर पार्न सक्छ। यसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी तथा इन्फेक्सन हुने समस्याहरू देखिन्छन्। त्यसैले होली खेल्नुअघि आवश्यक सावधानी अपनाउनु महत्वपूर्ण छ।

छालाको हेरचाहका उपाय

navjiwan hospital

– होली खेल्नुअघि छालामा नरिवल वा जैतुनको तेल राम्ररी लगाउने, जसले छालालाई रसायनबाट सुरक्षित राख्छ।

– घामको प्रभावबाट जोगिन राम्रो सनस्क्रिन प्रयोग गर्ने।

– सकेसम्म प्राकृतिक रंगहरूको प्रयोग गर्ने, जसले छालालाई हानि गर्दैन।

– होली खेलिसकेपछि नरम साबुन र स्याम्पुको प्रयोग गरेर छाला सफा गर्ने।

चिकित्सकीय सावधानी

यदि होली खेलिसकेपछि छाला पोल्ने, चिलाउने, वा सुन्निने समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिनु जरूरी छ।