अत्तरिया – कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज जोशी चयन भएका छन् ।
समितिको बिहिबार भएको चुनावी सभाबाट जोशी अध्यक्षमा निर्वाचित भएका हुन ।
समितिको सदस्यहरुमा जयराज पनेरु, तेजराज पनेरु, पदमराज रिजाल, एनिला चौधरी र धर्मराज कडेल चयन भएका छन् ।