खाेज्नुहाेस

कृष्णपुर – २ का वडाध्यक्षद्वारा सडकबाटै सेवा सञ्चालन

Image

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का अध्यक्ष अर्जुनसिंह साउँदले बंक–नायल–बुडर सडक निर्माणको माग गर्दै सडकबाटै वडा कार्यालय सञ्चालन गरेका छन्। २०७७ सालमा ठेक्का परेको ७ किलोमिटर सडक हालसम्म निर्माण नभएपछि आइतबारदेखि उनले सडकमै सेवा दिन थालेका हुन्।

navjiwan hospital

अध्यक्ष साउँदका अनुसार सुदूरपश्चिम सरकारको गौरवको योजनामा पर्ने यो सडक ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ। ‘ठेकेदार क्रसर मात्र चलाउँछ, तर सडक निर्माण कार्य अघि बढेको छैन, पटक–पटक म्याद थपिए पनि काम शून्य छ,’ उनले भने।

attariya hospital

गत हप्ता पूर्वाधार विकास कार्यालयलाई अल्टिमेटम दिए पनि कुनै प्रतिक्रिया नआएपछि उनले सडकबाटै सेवा दिन थालेका हुन्। ‘जनताले धुलो खानुपर्‍यो, तर जनप्रतिनिधिले सुविधा सम्पन्न भवनमा सेवा दिनु उचित छैन,’ उनले भने।

४ वर्षअघि सन्तोषी थेगिम जेभीले कालोपत्रेको ठेक्का पाए पनि हालसम्म काम नगर्दा सडक झनै बिग्रिएको छ। स्थानीयवासीलाई आवतजावतमा समस्या परेको भन्दै साउँदले सडक निर्माणको सुनिश्चितता नभएसम्म सडकमै कार्यालय सञ्चालन गर्ने बताए।