खाेज्नुहाेस

गोदावरी–१० द्वारा क्लबहरूलाई खेलकुद सामग्री वितरण

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– १० ले क्लबहरूलाई खेलकुद सामग्री वितरण गरेको छ । आइतबार वडाभित्र रहेका ७ वटा क्लबहरूलाई कार्यालयले विभिन्न खेलकुदका सामग्रीहरू वितरण गरेको हो ।

वडा कार्यालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट क्लबहरूलाई सामग्री वितरण गरेको जनाएको छ । वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले युवा तथा बालबालिकाहरूको खेल क्षेत्रको विकासका लागि खेलकुद सामग्री प्रदान गरिएको बताए ।

attariya hospital
navjiwan hospital

‘अहिले विश्वका कतिपय देशहरू खेलकुदकै माध्यमबाट चिनिएका छन्’ उनले भने ‘हाम्रो वडामा रहेका प्रतिभावान् युवाहरूले पनि खेलकुदलाई आफ्नो प्यासनका रूपमा अगाडी बढाउन भन्ने हाम्रो चाहना छ, त्यसका लागि नै हामीले सामग्री सहयोग गरेका हौ ।’ उनले वडाका तर्फबाट प्रत्येक वर्ष युवा क्लब तथा बालक्लबहरुलाई खेलकुदका सामग्रीहरू वितरण गर्दै आइरहेको बताए ।

वडाले खेलकुद सम्बन्धी कार्यक्रमका लागि छुट्याएको २ लाख बजेटबाट सामग्री वितरण गरिएको वडा सचिव हिक्मत साउँदले बताए । उनका अनुसार वडाले क्रिकेट, भलिबल र फुटबलका सामग्रीहरू वितरण गरेको हो ।

न्यू सितापुर युवा क्लबका अध्यक्ष श्याम स्वारले वडाले खेलकुद सामग्री वितरण गरेपछि खेलकुदका क्रियाकलाप गर्न सहज हुने बताए । उनले खेलकुदका सामग्रीले खेलकुदका गतिविधि बढ्ने बताए ।