खाेज्नुहाेस

सुप समावेशी आधारभुत विद्यालयलाई साल्ट ट्रेडिङ्गको सहयोग

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई सहयोग गरिएको छ । विद्यालयलाई साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले विभिन्न सामग्री सहयोग गरेको हो ।

navjiwan hospital

विद्यालयलाई स्कुल झोला र आयोडिन नुन सहयोग गरिएको साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेज बहादुर कुँवरले जानकारी दिए । उनले सरकारले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउदै आएकाले सो अन्तरगत नै रहेर विद्यालयमा सामग्री सहयोग गरिएको बताए ।

attariya hospital

‘सरकारले साल्ट ट्रेडिङ्गलाई प्रदेशका १५ विद्यालय, १० वटा स्वास्थ्य चौकीहरुमा विभिन्न सामग्रीहरु वितरण गर्ने तथा ५ वटा हाटबजारहरुमा माईकिङ गरी आयोडिन सम्बन्धी जनचेतना जगाउने भनेको छ’ उनले भने ‘सो अनुसार हामीले विभिन्न विद्यालयहरुमा सामग्री सहयोग गर्नुका साथै आयोडिन सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेका छौ ।’

उनले विद्यालयलाई ९० वटा झोला, केही सपिङ्ग व्याग र भेष्टहरु तथा एक बोरा आयोडिन नुन दिईएको बताए ।