धनगढी – कैलालीको गौरीगंगामा सम्पन्न जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भएको प्रतियोगिताको उपाधि लुम्बीनीले जितेको हो ।

बुधबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई टाइब्रेकरमा हराउँदै लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेको राइजिङ स्टार क्लब च्याम्पियन भएको थियो।

विजेता भएसँगै क्लबले पाँच लाख नगदसहित ट्रफी पाएको छ । उपविजेता भएको सुदूरपश्चिम प्रदेशले दुई लाख ५० हजार नगदसहित ट्रफीमा चित्त बुझाएको छ ।

















