बैतडी – बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले विजयी भएको छ । सुरुको खेल खेलेको बैतडीले डडेल्धुरालाई ८८ रनले पराजित गरेको हो ।

बैतडीले दिएको २५६ रनको लक्ष्य पछ्याउने क्रममा डडेल्धुरा ३४.३ ओभरमा १६७ रनमा अलआउट भयो । जसमा अर्जुन विकले अर्धशतकीय पारी खेल्दै ५३ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् । बलिङतर्फ बैतडीका कप्तान वसन्त खत्रीले ४ र सचिन भट्टले ३ विकेट लिए ।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३९.४ ओभरमा २५५ रनमा समेटियो । बैतडीका लागि सुनिल चन्दले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक हिर्काए ।
म्यान अफ द म्याच समेत भएका सुनिलले ९३ रन हिर्काएका स्कोरर गजेन्द्र चन्दले जानकारी दिए । डडेल्धुराका अर्जुन विकले ३,कैलाश ऐर र निरज ऐरले २र२ विकेट झारे । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता फागुन २१ गते सम्पन्न हुनेछ ।
















