खाेज्नुहाेस

साइपालका अधिकांशमा आँखाको समस्या

Image

बझाङ – बझाङको दुर्गम साइपाल गाउँपालिकामा गरिएको आँखा शिविरमा अधिकांशमा आँखाको समस्या देखिएको छ । गेटा आँखा अस्पताल अन्तर्गत सिमखेत आँखा उपचार केन्द्र र साइपाल गाउँपालिकाको सहकार्यमा ४२१ जनाको आँखा जाँच गर्दा २३४ जनामा विभिन्न समस्या देखिएको हो ।

navjiwan hospital

स्वास्थ्य टोलीका अनुसार २६ जनालाई मोतीबिन्दु रहेको र २ जनाको आँखामा मासु पलाउने समस्या देखिएको छ, जसका लागि शल्यक्रिया आवश्यक पर्नेछ । स्थानीय वडाहरूमा पुगेर गरिएको परीक्षणमा १७६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको स्वास्थ्यकर्मी जनककुमार विष्टले जानकारी दिए ।

attariya hospital

सिमखेत आँखा उपचार केन्द्रकी प्रमुख सगुन तामाङका अनुसार साइपालिमा आँखासम्बन्धी समस्या अन्य पालिकाको तुलनामा बढी देखिएको छ । उनले भनिन्, ‘यो क्षेत्र बढी हावाहुरी चल्ने र सुक्खा भएकाले हुन सक्छ । मोतीबिन्दुको समस्या ज्येष्ठ नागरिकमा प्रायः देखिएको छ भने कम उमेरका मानिसमा आँखामा मासु पलाउने समस्या बढी पाइयो ।’

स्वास्थ्यकर्मीहरूका अनुसार आँखा समस्या न्यूनीकरणका लागि चेतना कार्यक्रम, नियमित परीक्षण, चस्मा वितरण तथा आवश्यक परेमा शल्यक्रिया सेवा प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।