
महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका – १७ का महिला स्वयंसेविकाले साइकल पाएका छन् । वडामा रहेका ५ जना स्वयंसेविकाले निःशुल्क रूपमा साइकल पाएका हुन । वडा अध्यक्ष बुडाले पाँच जना महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल प्रदान गरिएको बताए ।
उनले हिँडेर काममा जान महिला स्वयंसेविकालाई समस्या हुने भएकाले साइकल वितरण गरिएको बताए ।
