
धनगढी – एसपिए कैलाली प्रिमियर लिग–३ मा गोदावरी नगरपालिका र पुर्नवास नगरपालिका बी सेमिफाइनलमा प्रवेश गरेका छन्। गोदावरीले पुर्नवास नगरपालिका ए लाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। पुर्नवास ए ले दिएको ५९ रनको लक्ष्य गोदावरीले ७।१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। गोदावरीका आयुश खड्काले अविजित २० रन बनाए। पुर्नवास ए का लागि शुशिल साउँदले १ रनमा ४ विकेट लिए।
त्यस्तै, पुनर्वास नगरपालिका बी ले जोरायल गाउँपालिकालाई ४७ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ।