खाेज्नुहाेस

बैतडीमा फागुन ११ देखी निशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने

Image

बैतडी– बैतडीमा यही फागुन ११ गतेदेखी निःशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ । जिल्लाका सबै स्थानिय तहहरुमा फागुन २७ गतेसम्म शिविर सञ्चालन हुन लागेको हो ।

navjiwan hospital

सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालयले जिल्लाभरी शिविरको आयोजना गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले जानकारी दिए । सबै स्थानिय तहहरुका विभिन्न स्वास्थ्यचौकीहरुमा शिविर सञ्चालन हुने उनले बताए ।

attariya hospital

उनले सन्तानको रहर पुगिसकेका दम्पतीहरुका लागि स्थायी बन्ध्याकरण र लामो समयसम्म काम गर्ने अस्थायी परिवार नियोजनका साधनहरु निशुल्क रुपमा राख्ने कार्यका लागि शिविरको आयोजना गरिन लागिएको बताए ।

शिविरमा महिलाहरुको स्थायी बन्ध्याकरण मिनिल्याप र पुरुषहरुको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिने बताईएको छ । त्यस्तै शिविरमा ५ बर्षका लागि इम्प्लान्ट र १० बर्षका लागि आइयुसीडी समेत राखिने जनाईएको छ ।