खाेज्नुहाेस

लेबनानलाई हराएसँगै नेपाल फाइनलमा

Image
navjiwan hospital

नेपालले सावित्रा भण्डारीको निर्णायक गोलमा लेबनानलाई १-० ले पराजित गर्दै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा सावित्राले पहिलो हाफको ४२ औं मिनेटमा गरेको गोलले नेपाललाई जित दिलायो। नेपालले यसअघि किर्गिस्तानलाई पनि १-० ले हराएको थियो। फाइनल खेल आगामी बुधबार म्यानमारसँग हुनेछ।

नेपालका लागि गोलकिपर एन्जिला तुम्बापो सुब्बाले खेलको सुरुवातमै लेबनानको आक्रमण रोक्न महत्त्वपूर्ण भूमिका खेलिन्। खेलभर नेपालले केही अवसर खेर फाले पनि सावित्राको गोलले नेपाललाई विजयी बनायो।

attariya hospital