धनगढी – कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ।

सोमवार बिहान ४ बजे डा. बेदप्रकाश भट्टमाथि आक्रमण भएको हो। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोराले डाक्टरमाथि आक्रमण गरेका हुन्।

आरोपी कृष्ण रानालाई नियन्त्रणमा लिइएको छ। आक्रमणबाट डाक्टरको चश्मा फुटेको र मुखमा चोट लागेको छ। राना मानसिक रुपमा अस्वस्थ रहेको बुझिएको छ।