अत्तरिया – कैलालीको चुरे गाउँपालिका–६ मा आयोजित सातौँ वडा अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फको उपाधि ग्वासी सामुदायिक वन उपभोक्ता समिति कुमौनाले हात पारेको छ भने महिला तर्फको उपाधि मेलकट्टेस्वर मावि बयलाले जितेको छ । विजेता दुवै टिमले १२/१२ हजार पुरस्कार हात पारेका छन् ।
पुरुषतर्फ सिद्ध प्रगतिशील सामुदायिक वन उपभोक्ता समिति दोस्रो र काफलाशैनी कन्स्ट्रक्सन टिम तेस्रो भएका छन् । यस्तै महिला तर्फ ग्वासी सामुदायिक वन उपभोक्ता समिति दोस्रो र ग्वासी सामुदायिक वन उपभोक्ता समिति कुमैना तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार र ४ हजार पाएका छन् ।


यस्तै पुरुष तर्फ उत्कृष्ट खेलाडी सुनिल धामी, उत्कृष्ट डिफेन्डर भुवन खड्का, उत्कृष्ट साइड स्पाइकर जीवन खत्री भएका छन् । यस्तै महिला तर्फ उत्कृष्ट खेलाडी पूर्णिमा बिक, उदयमान खेलाडी रक्षा खत्री, उत्कृष्ट डिफेन्डर निर्मला ठगुन्ना, अनुशासित खेलाडी रबिता धामी र उत्कृष्ट सर्भर हेमन्ति धामी भएका छन् । उत्कृष्ट भएका खेलाडीले ५/५ सयका दरले पुरस्कार हात पारेका छन् ।
आइतबार वडा अध्यक्ष प्रेमबहादुर साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य देवेन्द्र शाही (प्रहार) प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन नरेशनाथ योगीले गरेका थिए । प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका दान बहादुर मलासीले गरेका थिए ।
