खाेज्नुहाेस

अर्जुन ट्रफीमा धनगढीले अत्तरियालाई दियो १०९ रनको लक्ष्य

Image

अत्तरिया – कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा डीसीए धनगढीले १०९ रनको लक्ष्य दिएको छ ।

धनगढीले २० ओभरको खेलमा १० विकेटको क्षतिमा १०८ रन बनाएको छ । धनगढीका लागि मिलन बोहराले सर्वाधिक २८ रन, अभिसेक पालले २७ रन, दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए ।

attariya hospital

अत्तरियाका कमल गुप्ता र बिवेक यादवले समान २–२ र रासिद खान, दिनेश कँडेल, साहब आलमले समान १–१ विकेट लिएका थिए । धनगढीका ३ खेलाडी रन आउट हुन पुगेका थिए ।

आजको खेल विजेता टिम फाइनलमा पुग्ने छ । फाइनल खेल भोलि हुँदै छ । यसअघि शनिवार भएको पहिलो सेमिफाइनल खेलमा न्यू होराइजन बुटवललाई हराउँदै डडेल्धुरा फाइनलमा पुगेको छ ।

Update : अर्जुन ट्रफिमा धनगढीलाई हराउँदै अत्तरिया फाइलमा प्रवेश