
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ को कोल्मुडामा बर्थिङ सेन्टर निर्माण गरिने भएको छ । यातायातको स्तरीय सुविधाबाट वञ्चित सिम, सल्लि, चाप, हलमुडे क्षेत्रका महिलाहरूलाई सेवा दिन बर्थिङ सेन्टर निर्माण गर्न लागिएको हो ।
बर्थिङ सेन्टरको शनिवार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले शिलान्यास गरेका थिए । वडाध्यक्ष भीम बहादुर खड्काले बर्थिङ सेन्टर निर्माण पछि महिलाहरूलाई सहज हुने बताए ।
















