अछाम –अछामका पाँच जना नेता नेकपा एमाले सुदूरपश्चिमबाट निष्कासित भएका छन् । पार्टी विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, दुधकला विष्ट, केशर मियाँ तथा सल्लाहकार परिषद सदस्य लालबहादुर खड्का र हर्क कुँवरलाई निष्कासन गरिएको सचिव रणबहादुर चन्दले जानकारी दिए ।

पूर्वउपाध्यक्ष भीम रावलको ‘मातृभूमि जागरण अभियान’ मा सक्रिय भएका कारण उनीहरूलाई कारबाही गरिएको हो । पार्टीको पाँचौं सचिवालय बैठकले विधानको धारा ८१ (१) अनुसार उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको चन्दले बताए ।
