खाेज्नुहाेस

कैलालीमा ५० हजार किशोरीलाई एचपीभी खोप लगाइने, ७०५ केन्द्र तोकिए

Image

अत्तरिया – कैलालीमा ५० हजार ६१३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) लगाइने भएको छ । विद्यालय जाने (कक्षा ६–१० मा अध्ययनरत) ४७ हजार ३२६ र विद्यालय नजाने (१०–१४ वर्षका) ३ हजार २८७ किशोरीलाई एचपीभी खोप लगाउन लागिएको हो ।

navjiwan hospital

माघ २२ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रमका लागि ७०५ खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जसमा ५४६ खोप केन्द्र विद्यालय र १५९ खोप केन्द्र स्वास्थ्य संस्थाहरूमा तोकिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए ।

attariya hospital

उनले खोप कार्यक्रमका लागि सबै जिल्लाका १३ वटै पालिकामा ५३ हजार ३०५ खोप पठाइने बताए । खोप कार्यक्रम सञ्चालनका लागि ७०५ जना स्वास्थ्यकर्मी र १ हजार ४१० जना स्वयंसेवक परिचालन गरिने जनाइएको छ ।