खाेज्नुहाेस

डोटीमा करिब साढे ११ हजार किशोरीलाई एचपिभी खोप लगाइने

Image

डोटी– डोटीमा करिब साढे ११ हजार किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लाका करिब ११ हजार ४८७ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाईने भएको हो ।

navjiwan hospital

जिल्लामा यही माघ २२ गते देखि फागुन २८ गते सम्म १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई उक्त खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

attariya hospital

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने उनले बताए । खोप सञ्चालनको बारेमा जिल्लाका ९ वटै स्थानीय तहहरूका स्वास्थ्य संस्थासँग समन्वय भइसकेको समेत उनले बताए ।