खाेज्नुहाेस

धनगढीमा जारी पीएम कपको सुपर फोरमा एपीएफ विजयी

Image

धनगढी – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ । बिहीबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको सुपर फोरको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गरेको हो । बागमती प्रदेशले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो ।

navjiwan hospital

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित १८ ओभरमा सबै विकेट गुमाएर ४२ रनको योगफल तयार पारेको थियो । बागमतीका लागि यशु पाण्डे, सविका यादव र यलि यादवले समान ८–८ रनको योगदान दिए । विपिशा शाहीले ७ रन जोड्दा यशोधा विष्टले ३ रन जोडिन् । बागमती प्रदेशकी कप्तान कञ्चन श्रेष्ठ, सलिना सिलवाल र मनिषा उपाध्याय भने शून्य रनमै पभिलियन फर्किएका थिए ।

attariya hospital

एपीएफका लागि सुमन विष्टले सर्वाधिक ३ विकेट लिइन् । यस्तै, रेखा रावल र बिनु बुढाले समान २–२ विकेट लिँदा कविता जोशीको नाममा १ विकेट रह्यो । ४३ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफका ममता चौधरी २३ र राजमति ऐरी १४ रनमा अविजित रहे ।

जितसँगै एपीएफले २ अंक जोडेको छ । एपीएफ समूह ‘ए’ को विजेता र बागमती समूह बी को उपविजेताका रूपमा सुपर फोरमा प्रवेश गरेको थियो । सुपर फोरमा शीर्ष २ मा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।