बैतडी– सुर्नया गाउँपालिकाले पालिकामा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएको छ । यही माघ २२ गतेदेखी सञ्चालन हुने एचपीभी खोप अभियानलाइ प्रभावकारी बनाउन भन्दै पालिकाले स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएको हो ।

खोप अभियानलाई प्रभावकारी बनाउन प्रशिक्षण दिईएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिँह महराले बताए । उनले खोप अभियानलाई सफल बनाउन आवश्यक तयारीहरु भैरहेको बताए ।

देशैभरी कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिने तयारी भइरहेको छ । सोही अनुसार सुर्नया गाउँपालिकाले पनि तयारी थालेको बताईएको छ ।
