खाेज्नुहाेस

तीन वर्षमा ५७७ प्रसूति महिलाको मृत्यु

Image

काठमाण्डौं  – नेपालमा तीन वर्षमा ५ सय ७७ जना सुत्केरी आमाले ज्यान गुमाएका छन् । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार २०७८/ ७९ मा १९६, २०७९/८० मा १९१, २०८०/८१ मा १९० जना सुत्केरीले ज्यान गुमाएका हुन् । महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार यो ५२ जिल्लाभित्र रहेका १२१ वटा अस्पताल तथा स्वास्थ्य चौकीले उपलब्ध गराएको तथ्यांक हो ।

२०७८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार नेपालमा एक लाख शिशु जन्मिँदा १५१ जना सुत्केरी महिलाको मृत्यु हुन्छ । दिगो विकास लक्ष्यले सुत्केरी मृत्युदर सन् २०३० सम्ममा प्रतिलाख जीवित जन्ममा ७० भन्दा कम गराउने लक्ष्य राखेको छ ।

attariya hospital
navjiwan hospital

विश्वव्यापी लक्ष्यअनुरूप नेपालले पनि सन् २००६ मा प्रतिलाख जीवित जन्ममा २८१ रहेको मातृ मृत्यु अनुपातलाई घटाएर सन् २०२२ सम्ममा ११६, २०२५ सम्ममा ९९ पु¥याएको सरकारी तथ्यांक छ । मृत्युदर घटाउन सरकारले पहल गरेको भएता पनि त्यसको कार्यान्वयन निकै कमजोर देखिन्छ ।

५२४ जनाको हवाई उद्धार

सरकारले २०७५ पुस ६ गतेदेखि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको हवाई उद्धार सुरू गरेको गरेको थियो । ७ वर्षमा ७९० जना सुत्केरी महिलाको उद्धार भएको छ । उक्त उद्धारमा २ अर्ब २५ करोड ८४ लाख रूपैयाँ खर्च भएको मन्त्रालयको तथ्यांक छ ।

maya metro hospital

आर्थिक वर्ष २०७८/ ७९, २०७९/८०, २०८०/८१ मा ५ सय २४ जनाको हवाई उद्धार भएको छ । भने सोही अवधिमा ५ सय ७७ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकले उद्धार हुनेभन्दा मृत्यु हुनेको संख्या बढी देखाउँछ । यो हवाई उद्धार सेवा सबै जिल्लाका सुत्केरीले भने पाउँदैनन् । अति दुर्गम र पहाडी जिल्लाका सीमित ठाउँका महिलाले मात्र पाउँछन् । उद्धार सेवा पाउनेमा सुदूरपश्चिमका दार्चुला, बैतडी, डोटी, अछाम जिल्ला रहेका छन ।