खाेज्नुहाेस

बैतडीमा निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

Image

बैतडी– बैतडीमा निःशूल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा जिल्ला अस्पतालमा निःशूल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

navjiwan hospital

यही माघ १३ गते आयोजना हुने शिविरमा डिप्रेशन, कन्र्भजन डिस अर्डर, फोयिबा, एनेक्जिेटिया लगायतका मानसिक समस्या भएका बिरामीहरुलाई सेवा दिईने अस्पतालका प्रमुख डा. सुशील बि.क. ले जानकारी दिए ।

attariya hospital

उनले प्रत्येक महिनाको एक दिन अस्पतालमा निःशूल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अनुसार शिविर आयोजना गर्न लागिएको बताए । उक्त शिविरमा मनोरोग बिशेषज्ञ डा. निराजन भट्टराईले सेवा दिने बताईएको छ ।