
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले एपीभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले खोप समन्वय समितिका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको प्रमुख आतिथ्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीले एपीभी खोप सम्बन्धी जानकारी दिएका थिए ।
माघ २२ गते देखि देशभर कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरूलाई एपीभी खोप लगाइँदै छ । त्यसको तयारी स्वरूप नगरपालिकाले सोमबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

















