खाेज्नुहाेस

यू–१९ महिला विश्वकप : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

Image

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले आज (सोमबार) स्कटल्याण्डसँग खेल्दै छ ।

navjiwan hospital

नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो । यस्तोमा यस खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ ।

attariya hospital

सोमबार स्कटल्याण्डसँग खेल्दै गर्दा नेपालको नजर सुपर सिक्समा रहनेछ । स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो सम्भावना रहनेछ । यही अवस्था स्कटल्याण्डका लागि पनि हुनेछ ।