खाेज्नुहाेस

डोटीमा विवाह भोज खाएका ९० जना बिरामी

Image

डोटी – डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ टाँगमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन्। शुक्रवार नर बहादुर विककी छोरीको विवाहको भोजमा सहभागी भएका माइती पक्षका सदस्यहरूमा ज्वरो, वान्ता, रिगंठा, पखाला जस्ता लक्षण देखापरेको छ।

navjiwan hospital

स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काका अनुसार बिरामी परेकामध्ये ३० जनाको उपचार शनिवार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा गरिएको छ। अधिकांशलाई उपचारपछि घर फर्काइएको छ भने केहीको उपचार जारी छ। सुजी (हलुवा) खाएकाहरूमा समस्या देखिएको बताइएको छ।

attariya hospital

गाउँपालिकाका एमबिबिएस डाक्टरसहित १३ जनाको स्वास्थ्य टोली परिचालन गरिएको छ। बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ। घटनास्थलमा अनुसन्धान गर्न प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमान्डमा प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।