खाेज्नुहाेस

अछाममा भीम रावलको बाजागाजा सहित स्वागत

Image

अछाम – ‘मातृभूमि जागरण अभियान’ का संयोजक भीम रावलको गृह जिल्ला अछाममा भव्य स्वागत गरिएको छ । नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका रावलको गृह जिल्ला अछाममा बाजागाजा सहित भव्य स्वागत गरिएको हो । एमालेको कारबाहीमा परेपछि पहिलोपल्ट गृह जिल्ला पुगेका रावललाई समर्थकहरूले साँफेबगरमा राष्ट्रिय झन्डा र बाजागाजा सहित स्वागत गरेका थिए ।

navjiwan hospital

गत पुस ११ गते बसेको एमाले सचिवालय बैठकले पार्टीबाट निकालेको एक सातापछि रावलले काठमाडौँमै पत्रकार सम्मेलन आयोजना गरेर ‘मातृभूमि जागरण अभियान’ चलाउने घोषणा गरेका छन् । अभियानअन्तर्गत गृह जिल्ला पुगेका रावललाई राष्ट्रिय झन्डा बोकेका उनका समर्थकहरूले साँफेबगरमा बाजागाजासहित स्वागत गरेका छन् ।

attariya hospital

रावललाई अछामकै रामारोशन गाउँपालिकाको मुजा बजारमा पनि समर्थकहरूले भव्य स्वागत गरेका छन् ।