खाेज्नुहाेस

जय ट्रफीको उपाधि पुलिसलाई

Image

काठमाडौँ – जय ट्रफी क्रिकेटको उपाधि विभागीय क्लब पुलिसले जितेको छ। तीन दिवसीय फाइनलअन्तर्गत तेस्रो दिन अर्थात बिहीबार भएको खेलमा पुलिसले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अलआउट भयो।

पुलिसको जितमा दोस्रो इनिङ्समा सागर ढकालले ६ विकेट लिँदा ललित राजवंशीले ४ विकेट लिँदै आर्मीलाई २९.२ ओभरमै अलआउट गर्दै २८ रनको जित दिलाए।

attariya hospital

त्यसअघि पहिलो इनिङमा पुलिसले १ सय ३३ रन बनाएको थियो भने दोस्रो इनिङ्समा १ सय ३९ रन बनाएको थियो। आर्मीले भने पहिलो इनिङ्समा १ सय ७० रन बनाउँदा दोस्रो इनिङमा जितका लागि कुल १ सय ३ रनको सामान्य लक्ष्य पाएको थियो।

तर, उक्त लक्ष्य पछ्याउने क्रममा आर्मीका लागि इम्रान शेखले २८ रन बनाउनुबाहेक अन्य खेलाडी गतिलो प्रदर्शन गर्न सकेनन्। थप दोहोरो स्कोरका रुपमा विनोद भण्डारी र सोमपाल कामीले समान ११–११ रन बनाए।