खाेज्नुहाेस

दार्चुलामा सुत्केरी व्यथा लागेकी महिलाको मृत्यु

Image
सांकेतिक फोटो

दार्चुला – दार्चुलाको अपीहिमाल गाउँपालिका–१ स्थित सिति स्वास्थ्य केन्द्रमा सुत्केरी व्यथा लागेकी एक महिलाको मृत्यु भएको छ । सोही वडास्थित आरुखोर टोलकी २५ वर्षीया द्रोपति जागरीको मंगलबार राति मृत्यु भएको हो ।

navjiwan hospital

सुत्केरी व्यथा लागेपछि गाउँबाट एक घण्टा बोकेर स्वास्थ्य केन्द्र सिती पु¥याइएकी जागरीको स्वास्थ संस्थामै मृत्यु भएको स्थानीय शोवनसिह लोथ्यालले बताए ।

attariya hospital

लोथ्यालका अनुसार आमा र बच्चाको अवस्था राम्रै रहेको स्वास्थ्यकर्मीले बताइरहँदा एक्कासी बेहोस् भएर उनको ज्यान गएको हो । जागरीका यसअघि एक छोरी छन् ।