धनगढी– नक्कली प्रमाणपत्र मुद्धामा डडेल्धुरा अस्पतालका पुर्वअध्यक्ष लक्ष्मण सिँह दोषी ठहर भएका छन । बिहिबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेश गरी भ्रष्ट्राचार गरेको कसुरमा दोषी ठहर गरेको हो ।

अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरु नक्कली भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिमाथी मुद्धा दायर थियो । आयोगले २०८१ भदौ ३१ मा उनिमाथी मुद्धा चलाएको थियो ।

विशेष अदालतका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाएको छ । अस्पताल विकास समितिको अध्यक्ष बन्नका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छ । अध्यक्ष सिँहले इन्टरमिडियट र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो ।

















