खाेज्नुहाेस

देशभर वर्षा र हिमपातको सम्भावना

Image

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ।

navjiwan hospital

पश्चिम तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । मंगलबार दिउँसो गण्डकी, बागमती, कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

godawari nagarpalika dadhelo
attariya hospital

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।