खाेज्नुहाेस

बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीले अनलाइनबाटै बिशेषज्ञ सेवा दिने

Image

बैतडी– बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीले अनलाइनबाटै बिशेषज्ञ सेवा दिन थालेको छ । स्मार्ट हेल्थसँग सम्झौता भएसँगै स्वास्थ्यचौकीले विशेषज्ञ सेवा दिन थालेको हो ।

navjiwan hospital

दुर्गमका नागरिकहरुलाई सहज रुपमा विशेषज्ञ सेवा पु¥याउने स्वास्थ्यचौकीको उद्देश्य रहेको स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले बताए । सम्झौता अनुसार बिशेषज्ञ चिकित्सकहरुले अनलाइनबाटै सेवा दिने बताइएको छ ।

attariya hospital

बिरामी स्वास्थ्यचौकीमा दर्ता भएपछि बिहान ७ बजेदेखि साँझ सातबजेसम्म चिकित्सकहरुले अनलाइनबाटै सेवा दिने उनले बताए । यसका लागि भिडियो कलमार्फत डाक्टरहरुले बिरामीहरुलाई हेर्नेछन् । उनीहरुले अनलाइनबाटै आवश्यक औषधि समेत सिफारिश गर्ने सार्कीले बताए ।