लम्किचुहाका अति विपन्न परिवारका लागी आवास निर्माण

लोकु सिंह ठकुरी
कैलाली– कैलालीको लम्किचुहा नगरपालिकाले आफ्ना अति विपन्न नागरिकहरूका लागी आवास निर्माण गरिदिएको छ । गरिबीका कारण फुसको चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्क सँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएका छन् ।

Karma Consultancy

नगर प्रमुख जनता आवास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ को कौवापुर शिविरमा सुकुम्वासीका ३३ घर निर्माण गरिएका छन् भने सोही वडाका दलित तथा अति विपन्न गैर दलितहरूका ५ घर निर्माण भएका छन् । यस्तै वडा नम्बर ३ स्थित बल्चौर बादी बस्तीमा ७ घर निर्माण गरिएका छन् ।

citizen security services

सोही कार्यक्रम अन्तर्गत हाल ३४ घर निर्माणको प्रक्रिया अघि बढाइएको छ । चालु आर्थिक वर्षका लागी सुदूरपश्चिम प्रदेश सरकारले सोही कार्यका लागी २ करोड विनियोजन गरेकाले असार मसान्त सम्म पालिकाका १० वटै वडा छुने गरी काम सुरु गरिने नगरपालिकाले जनाएको छ ।

attariya hospital

‘जनता आवास भनेर हामीले पहिला ५० लाख विनियोजन गरेका थियौ । यसको साइज सानो भयो, फेरी यसलाई बढायौ र ४५ घर निर्माण भए । ३४ घर निर्माणका लागी सम्झौता भएको छ’ नगरप्रमुख सुशिला शाहीले भनिन् ‘प्रदेशबाट २ करोड आएकाले हामीलाई काम गर्न थप सहज हुनेछ । सुकुम्वासी, मुक्त कमैया, दलित भन्ने होइन सबै विपन्नलाई समेट्ने गरी अव १० वटै वडामा काम गर्छौ ।’

विपन्नका लागी घरसँगै पक्की चर्पी समेत निर्माण गरिएका छन् । कतिपयले खुल्ला रूपमा त कतिपयले फुसको बाड र बोराको पर्दा बनाई चर्पी प्रयोग गर्नु परेको विगतको बाध्यता पनि हटेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.