खाेज्नुहाेस

अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश

Image

काठमाडौँ । अष्ट्रेलिया विश्व टेस्ट च्याम्पीयनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बोर्डर–गावस्कर ट्रफीको पाँचौं तथा अन्तिम टेस्टमा भारतलाई ६ विकेटले पराजित गरेपछि अष्ट्रेलिया फाइनलमा पुगेको हो ।

navjiwan hospital

सिड्नीमा खेलिएको अन्तिम टेस्ट म्याच तीन दिन मात्रै चलेको थियो र यो जितसँगै घरेलु टोली अष्ट्रेलियाले भारतलाई ३–१ ले पराजित गरेको छ । तेस्रो दिन ब्याटिङमा आएको भारतीय टोली एक घण्टा पनि खेल्न नसकेपछि बिहान ६ः१५ बजेअघि अलआउट भएको थियो । अन्तिम टेस्टमा दुवै टोली पहिलो इनिङ्सका आधारमा लगभग बराबरीमा थिए ।

attariya hospital

टस जितेर ब्याटिङ रोजेको भारतीय टोली पहिलो इनिङ्समा १८५ रनमा अलआउट भएको थियो भने अष्ट्रेलियाले पहिलो इनिङ्समा १० विकेट गुमाएर १८१ रन बनाएको थियो । यस आधारमा भारतले चार रनको सानो अग्रता पायो ।भारतको दोस्रो इनिङ्स १५७ रनमा मात्र सीमित भयो र यसपछि अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।

भारतले पाँच खेलको सिरिजको पहिलो टेस्ट २९५ रनले जितेको थियो । यस्तै तेस्रो टेस्ट ड्र भयो र बाँकी तीन खेल अष्ट्रेलियाले जित्यो । सिड्नीमा भएको जितसँगै अस्ट्रेलियाली टोलीले १० वर्षपछि बोर्डर–गावस्कर ट्रफी जितेको छ । अब साविक विजेता अष्ट्रेलियाले आगामी जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध उपाधि भिडन्त गर्नेछ । यो खेल इंग्ल्यान्डको लन्डनस्थित लड्र्स मैदानमा हुनेछ ।