काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिएका छन । वीरगन्जका शेख दाजु भाईले बिहीबार र शुक्रबार विवाह गरेका हुन । २७ वर्षीय आरिफले बिहीबार स्थानीय सवाना खातुनसँग र २३ वर्षीय आसिफले शुक्रबार वीरगन्जकी आरजु अन्सारीसँग लगनगाँठो कसेका छन ।

आरिफ र आसिफ दुवैले मागी विवाह गरेका हुन । आरिफ राष्ट्रिय टोलीका अलराउन्डर हुनुहुन्छ भने आशिफ विकेट किपर तथा ओपनर ब्याट्सम्यान हुन ।

आशिफ हालै काठमाडौँमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) विजेता जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन भने आरिफ एनपिएल उपविजेता टोली सुदूरपश्चिम रोयल्सका खेलाडी हुन ।

















