
डोटी – डोटीको एक घरमा आगलागी हुँदा ४ लाखको क्षती भएको छ । बोगटान–फुड्सिल गाउँपालिका–२ घाटहाल्नाका भीमबहादुर बोहराको खरले छाएको घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ ।
आगलागीबाट घरभित्रका भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न, काठ फर्निचर जलेर घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ।
