खाेज्नुहाेस

डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

Image

धनगढी – डोटीको केआई सिंह गाउँपालिका–४ बास्कोटमा बिहीबार साँझ भएको अटो दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दिपायल बोगटान सडकखण्डअन्तर्गत बास्कोटमा अटो सडकबाट नालीमा पल्टिए दुर्घटना हुँदा ५५ वर्षीया लछु ऐरको मृत्यु भएको हो ।

navjiwan hospital

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

attariya hospital

अटाेमा ५ जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका अन्य चार जनाको राजपुरस्थित सेती महाकाली अस्पतालमा उपचार भइरहेको छ ।