धनगढी – कैलालीका पत्रकारहरुको बिमा गरिने भएको छ । गत मंसिर २८ गतेको निर्वाचनबाट निर्वाचित पत्रकार महासघं कैलालीको पहिलो बैठकले कैलालीका सक्रिय पत्रकारहरुको बिमा गर्ने निर्णय गरेको हो ।

मिडिया हाउसबाट सिफारिश भएका सक्रिय पत्रकारहरुको दुर्घटना तथा स्वास्थ्य बिमा गरिने अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।

जिल्लामा रहेका पत्रकारहरु दुर्घटना हुँदा अथवा बिरामी पर्दा उपचारका लागी आर्थिक सहयोग अभियान समेत सञ्चालन गर्नुपर्ने बाध्यताको अन्त्य गर्न बिमाले सहयोग पुग्ने उनको भनाई छ ।