अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० मा टोल टोलमै पुगेर कुकुरलाई रेबिज विरुद्धको खोप लगाइने भएको छ । वडा नम्बर १० ले एक सूचना जारी गरी वडाका ४ ठाउँमा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउने भएको हो ।


२१ गते देखि २४ गते सम्म सञ्चालन हुने खोप कार्यक्रम वडाको सितापुर पिपल चौराहा, शंकर आवि भवन शिवरामपुर, खोप केन्द्र दमौरा र वडा नम्बर १० को कार्यालयमा सञ्चालन गरिने वडा अध्यक्ष रवीन्द्र शाहीद्धारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा खोप सञ्चालन हुने स्थानमा आ आफ्ना कुकुर ल्याएर उपस्थित हुन स्थानीयलाई आग्रह गरिएको छ ।
