खाेज्नुहाेस

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

Image
navjiwan hospital

काठमाण्डौं – आज बिपी कोइरालाको सम्झनामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ। विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर कोइरालासहित नेपाली कांग्रेसका नेताहरू आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएका थिए। कोइरालाले राष्ट्रियताको रक्षा र एकताको लागि जीवन अर्पण गर्दै स्वदेश फर्केका थिए, तर त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै उनलाई फेरि बन्दी बनाइएको थियो।

यस अवसरमा कांग्रेस र सम्बद्ध संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। कांग्रेसको कार्यक्रम काठमाडौँमा सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा हुँदैछ। बिपी सङ्ग्रहालयले पनि यस दिनको अवसरमा विशेष कार्यक्रम गर्नेछ।

attariya hospital