मैले देखेको व्यवस्थापक

मैले देखेको उच्च ब्यवस्थापक संस्थाको सफलताका लागि सक्षम व्यवस्थापकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । सक्षम व्यवस्थापक भनेको केवल पदको जिम्मेवारी मात्र होइन; यो गुण, सीप, अनुभव, र नेतृत्व क्षमताको मुहान हो । मैले देखेको सक्षम व्यवस्थापकको केही विशेषताहरू प्रस्तुत गर्न चाहन्छु ।

maya metro hospital

१. नेतृत्व क्षमता

citizen security services

मैले देखेको सक्षम व्यवस्थापकले आफ्नो समूहलाई सही मार्गदर्शन दिन र संस्थाका लक्ष्य प्राप्त गर्न प्रेरित गर्नुहुन्छ । उहाँ केवल आदेश दिने होइन, उदाहरण प्रस्तुत गर्ने नेतृत्वकर्ता हुनुहुन्छ । आफ्नो कामप्रति इमानदार र समर्पित भएर, उहाले टिमका सदस्यलाई सधैं अगाडि बढ्न प्रेरित गर्नुहुन्छ ।

attariya hospital

२. योजना र रणनीति बनाउने सीप

मैले देखेको व्यवस्थापकले आफ्नो कामको प्रथमिकता पहिचान गर्न र दीर्घकालीन योजना बनाउने उत्कृष्ट सीप राख्नुहुन्छ । उहाँले समस्या आउने बित्तिकै त्यसको समाधान मात्र खोज्दैनन्, भविष्यमा त्यस्ता समस्या नआउने उपाय पनि अपनाउनुहुन्छ ।

३. सञ्चार कौशल

मैले देखेको व्यवस्थापकले टिमसँग प्रभावकारी ढंगले संवाद गर्नुहुन्छ । मैले देखेका सक्षम व्यवस्थापकले हरेक कर्मचारिको कुरा ध्यानपूर्वक सुन्नुहुन्छ र आफ्नो धारणा स्पष्ट रूपमा व्यक्त गर्नुहुन्छ ।

४. भावनात्मक बुद्धिमत्ता (Emotional Intelligence)

मैले देखेको व्यवस्थापकले आफ्ना कर्मचारीहरूको भावनालाई बुझ्ने र उनीहरूलाई सहानुभूतिपूर्ण साथ दिन सक्ने क्षमताको हुनुहुन्छ । उहाँमा तनावपूर्ण परिस्थितिमा पनि शान्त रहन र टिमलाई एकताबद्ध गर्न सक्ने गुण छ ।

५. निर्णय क्षमताः द्रुत र सही निर्णय गर्ने क्षमता

मैले देखेको व्यवस्थापकले कठिन परिस्थितिमा पनि सही र छिटो निर्णय लिन सक्नुहुन्छ । उहाँ सक्षम व्यवस्थापकले तत्काल निर्णय लिएर गल्ती गर्नेभन्दा पनि तथ्यहरूको गहिरो अध्ययन गरेर सोचविचारपूर्ण निर्णय लिने गर्नुहुन्छ ।

६. नवाचार र परिवर्तनप्रति सकारात्मक दृष्टिकोण

मैले देखेको सक्षम व्यवस्थापकले नवीन विचारहरूलाई स्वागत मात्र गर्नुहुन्न । आवश्यक परिवर्तनहरूलाई पनि आत्मसात गर्नुहुन्छ । उहाँ सधैं नयाँ प्रविधि, कार्यपद्धति, र सिर्जनात्मक सोचलाई प्रोत्साहन गर्नुहुन्छ ।

७. जिम्मेवारी र उत्तरदायित्वको भावना

मैले देखेको व्यवस्थापकले आफ्नो कामप्रति पूर्ण जिम्मेवारी लिनुहुन्छ । यदि गल्ती भयो भने दोष अरूलाई थोपर्ने होइन, त्यसलाई स्विकार गरेर सुधार गर्ने प्रयास गरिरहनुहुन्छ ।

८. टीम निर्माण र सम्बन्ध व्यवस्थापन

मैले देखेको सक्षम व्यवस्थापकले कर्मचारीहरूसँग सहकारी वातावरण बनाउने प्रयास गर्नुहुन्छ । उहाँहरूले कर्मचारीहरूको सिप विकास गर्न, मनोबल उच्च राख्न र काम गर्ने वातावरणलाई सकारात्मक बनाउने कुरामा सधैं ध्यान दिनुहुन्छ ।

अन्तिममा,

सक्षम व्यवस्थापक भनेको मात्र कार्यालयको जिम्मेवारी सम्हाल्ने व्यक्ति होइन । उनी संस्थाको प्रेरणाको स्रोत, मार्गदर्शक, र समस्या समाधानकर्ता हुन् । मैले देखेको सक्षम व्यवस्थापकले आफ्नो टिम र संस्थाको लागि सधैं केही नयाँ र सकारात्मक गर्नेप्रयास गर्थे ।

यस्तो व्यवस्थापकको नेतृत्वमा कुनै पनि संस्था सफल हुनु स्वाभाविक हो । मैले देखेको व्यवस्थापक सबै संगठनमा भय कर्मचारिमा काम गर्ने उत्प्रेणा बढ्ने थियो । जस्को कारण उत्पादकत्व बृद्वि भई संगठन सफल हुन्छ ।

लेखक डिप्रोक्स लघुवित्तमा अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.