खाेज्नुहाेस

एसईईको परीक्षा आवेदन फाराम खुल्यो

Image

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गते भित्र परीक्षा दस्तुर ५ सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको छ ।

navjiwan hospital

सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका काममा सम्बन्धित प्रदेश अन्तर्गतका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि सूचनामा आग्रह गरिएको छ ।

attariya hospital

यस वर्षको एसईई चैत ७ गतेदेखि हुने र नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गर्नेगरी यसअघि नै कार्यतालिका सार्वजनिक भइसकेको छ ।