खाेज्नुहाेस

गोदावरीमा निर्माण गरिएको वेयर हाउसको उद्घाटन

Image

अत्तरिया – कैलालीको गोदावरीमा निर्माण गरिएको औषधि तथा स्वास्थ्य सामाग्री भण्डारणको अत्याधुनिक भवन (वेयर हाउस) को उद्घाटन गरिएको छ ।

navjiwan hospital

बिहिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गोदावरी नगरपालिका १ बिजौरामा निर्माण गरिएको वेयर हाउसको उद्घाटन गरेका हुन ।

attariya hospital

उक्त वेयर हाउस ग्लोबल फण्ड अन्तर्गत सेभ द चिल्ड्रेनले भवन र उपकरणसहित ४ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण गरेको हो ।

उद्घाटन समारोहमा सेभ द चिल्ड्रेनले २८ लाख बराबरको उपकरणसमेत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ । वेयर हाउस सेभ द चिल्ड्रेनले सामाजिक बिकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।