स्याउलेमा रहेको हरिनगर खानेपानी उपभोक्ता समितिको साधारण सभा सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका –८ स्याउलेमा रहेको हरिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो साधारण सभा सम्पन्न भएको छ । मगलबार समितिका अध्यक्ष नरेश बहादुर अधिकारी सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ बहादुर सोडारी रहेका थिए ।

Karma Consultancy

साधारण सभामा समितिका अध्यक्ष अधिकारीले हालसम्म गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरूको बारेमा जानकारी गराएका थिए । अध्यक्ष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८०/०८१ को मंसिर मसान्त सम्म विभिन्न कार्यहरु गरेको छ । जसअनुसार खानेपानी कार्यालयको परिसर सरसफाई सहित माटो भरान, टंकी सरसफाई सहित रङ्गरोगन, पाईपलाईन विस्तार सहित कनेक्सन कार्य, चेम्बर र प्रतिक्षालय निर्माण, वाटर ओभर फ्लो नाली निर्माण लगायत रहेका छन ।

citizen security services

यस्तै ग्रील निर्माण, झ्याल ढोका मर्मत सम्भार तथा रङ्गरोगन, कार्यालय परिषर वरपर सौन्दर्यकरण, उपभोक्ताको तथ्यांक संकलन तथा अभिलेखीकरण र धारा जडान कार्य गरी पानी वितरण कार्य सुचारु गर्ने कार्य समेत गरिसकेको अध्यक्ष अधिकारीले बताएका छन । अधिकारीका अनुसार संस्थाले अझै विभिन्न कार्यहरु गर्न बाँकी रहेका छन । जसअन्तरगत केमिकल हाउस निर्माण गर्ने, अपरेटरको व्यवस्था गर्ने, बाँकी स्थानमा पाईप लाईन विस्तार र धारा जडान गर्ने, कर्मचारीलाई तालिमको व्यवस्था मिलाउने, पाईप जडान सम्बन्धीका उपकरणको व्यवस्था गर्नुपर्ने, पानी तान्ने मोटर थप्नुपर्ने तथा बिल काउन्टर भवन बनाउनुपर्ने लगायत रहेका छन ।

attariya hospital

कार्यक्रममा समितिका सदस्यहरू तथा स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो । २०७४ सालमा स्थापना भएको संस्थामा हाल ५८९ उपभोक्ता रहेका छन । जसमध्ये ४९९ उपभोक्ताको धारा जडान भैसकेको र ९० उपभोक्ताको धारा जडान गर्न अझै बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा संस्थाको लेखा प्रतिवेदन संस्थाका सचिव चेतराज ओझाले प्रस्तुत गरेका थिए ।

लेखा प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा ६५ लाख ८८ हजार ५९१ रुपैया बराबरको कारोबार गरेको छ । जसबाट संस्थाले २ लाख ४१ हजार ४७२ रुपैया बचत गर्न सफल भएको सचिव ओझाले बताए । उनका अनुसार संस्थाको बैंक खातामा १ लाख १८ हजार ६२० रुपैया र नगद १ लाख २२ हजार ८५२ रुपैया बचत रहेको छ । कोषाध्याक्ष सितादेवी चौधरीले स्वागत मन्त्यब्य राखेको कार्यक्रमको संचालन उपाध्यक्ष केशव राज विनाडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.