अत्तरिया – कञ्चनपुरबाट प्रहरीले १० जना जुवाडे पक्राउ गरेको छ । सोमबार साँझ बेदकोट नगरपालिका – १० सिसैया स्थित ३३ वर्षीय बिक्रम बोहराको घरको माथिल्लो तलामा जुवातास खेलिरहेको अवस्थामा बोहरा सहित १० जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका अन्यको नाम सार्वजनिक गरिएको छैन । उनीहरुको साथबाट नगद १८ हजार ४२२ र ३ गड्डी तास पनि बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।


















