खाेज्नुहाेस

भारतले जित्यो १९ वर्षमुनिको महिला एशिया कपको उपाधि

Image

काठमाडौँ- बङ्गलादेशलाई ४१ रनले हराउँदै भारतले १९ वर्षमुनिको महिला एशिया कपको उपाधि जितेको छ । भारतले दिएको ११८ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १८ ओभर ३ बलमा ७६ रनमा अलआउट भयो ।

navjiwan hospital

बङ्गलादेशकी जुआरिया फेरदौसले सबैभन्दा धेरै २२ रन बनाइन् । भारतकी आयुषी शुक्लाले ३ विकेट लिइन् । यसअघि मलेसियाको क्वालालम्पुरका टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनायो । भारतकी गोन्गाडी त्रिशाले ५२ रन बनाइन् । बङ्गलादेशकी फरजाना इस्मिनले ४ विकेट लिइन् ।

attariya hospital

प्रतियोगितामा नेपाल पनि सहभागी भएकोमा ‘सुपर-फोर’ बाट बाहिरिएको थियो ।